विराटनगर १६ साउन ।
विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ ।
सरकारले लकडाउन खुलाएपछि कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको र अत्यधिक जोखिम बढेपछि विराटनगरलाई लकडाउन घोषणा गरिएको हो ।
आज महानगरपालिकामा बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति(सिसिएमसी)को बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरि भदौ १ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
यससंगै दुइ साता (भदौ १ गते)सम्म अत्यावश्यक बाहेकका अन्य सबै व्यापार,व्यवसाय बन्द रहने छन् ।
यसअघि पनि नेपालमै पहिलो पटक विराटनगरलाई लकडाउन गरिएको थियो । सरकारले लकडाउन खुला गरेको घोषणापश्चात विराटनगर महानगरलाइ पुन: लकडाउन गरिएको छ ।