विराटनगर १३ साउन ।
प्रदेश १ मा आज २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये १७ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका ५ महिला, ११ पुरुष र कटहरीका १ महिलामा संक्रमण पुष्टि भएको हो । यसैगरी झापाका ३ पुरुष, ओखलढुङ्गाका १ पुरुषमा संक्रमण देखिएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।