काठमाडौँ १३ साउन ।
नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । आज थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको होे । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत १ सय २१ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिएको छ । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कुल संख्या ४९ पुगेको छ ।