काठमाडौं १२ साउन ।
पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणले तीनजनाको मृत्यु भएको छ ।आइतबार र सोमबार गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निमोनिया, मस्तिष्कघात र मृगौलाका बिरामी समेत रहेका बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय एक जना संक्रमित वृद्धको मृत्यु भएको छ ।
त्यसैगरी, धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय युवा र पर्साको बिरगञ्ज महानगरपालिका वडा नं १० का मधुमेह र मुटु रोगी समेत रहेका ६५ वर्षीय एक वृद्ध गरी दुईजनाको पछिल्लो चौबीस घण्टामा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
यसँँसगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।