विराटनगर १२ साउन ।
सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ ।
सुनको मूल्य तोलामा एक हजार २ सय रुपैयाँले बढेर एक लाख नजिक पुगेको छ । आज छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो केहि समयदेखि निरन्तर उकालो लागेको सुनको मूल्यले यस दिन अन्तर्राष्ट्रिय बजारमा पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ ।
केहि दिनदेखि सुन तथा चाँदिको मूल्य लगातार उकालो लागिरहेको छ ।