विराटनगर ११ साउन ।
नेपाली कांग्रेस विराटनगर महानगरका कार्यबाहक सभापति अरुण न्यौपानेले जनहितमा राजनैतिक नेतृत्वले काम गर्न नसकेको आरोप लगाएका छन् । विराटपोष्ट डटकम संगको अन्तवार्ता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश सरकार र संघीय सरकारका मन्त्री ,सांसदले करौडौका गाडी चढेर हिड्न मिल्ने तर झण्डै सोही मूल्यका कोरोना टेष्ट गर्ने मेसिन खरिद गर्न किन नमिल्ने भनेर प्रतिप्रश्न गरेका छन् ।उनले राजनैतिक दलका नेतृत्व जनताप्रति गैर जिम्मेबार भएको आरोप लगाए ।
कोरोनाले महामारी रुप लिने हो की भन्ने आतङ्क फैलिइ रहेका बेला सरकार जिम्मेवार नबनेको बताए । जनतानै नरहे के को राजनीति गर्ने भन्दै न्यौपानेले सरकारलाई कोभिड १९ का विषयमा गम्भिर बन्न आग्रह गरे । कोरोना परिक्षणको दायरा बढाउनु पर्ने र सचेतनामूलक कार्यक्रम गर्न समेत न्यौपानेले आग्रह गरे ।