विराटनगर ११ साउन ।
मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मदन भुजेललाई विराटनगर महानगरपालिकाले आज एक अनौपचारीक कार्यक्रमका बिच बिदाइ गरेको छ ।
विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर ईन्दिरा कार्की,निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडा लगायतले भुजेलकाे बिदाई गरे ।
मोरङको प्रजिअ बनेर आएको एक वर्ष पनि पूरा नहुँदै सामान्य प्रशासन मन्त्रालयले उनलाइ आर्थिक मामिला तथा योजना मन्त्रालय बाग्मती प्रदेश,हेटौँडा सरुवा गरेको छ ।
उनको स्थानमा धनुषामा प्रजिअ रहेका कोषहरि निरौला आउने भएका छन् ।