विराटनगर ११ साउन ।
प्रदेश १ मा आज ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
भेटिएका संक्रमितमध्ये २२ जना मोरङका रहेका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका १९ जना प्रहरी र महानगरमा अन्य ३ महिलामा संक्रमण पुष्टि भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी इलाममा ९ जना पुरुषमा संक्रमण देखिएको छ । यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।
आजै विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत १२ जना जना डिस्चार्ज भएका छन् ।संक्रमित ८ महिला र ४ पुरुष संक्रमणमुक्त भइ घर फर्किएका हुन् । यससँगै कोरोना भाइरसलाई जितेर प्रदेश १ मा ७ सय ४७ जना डिस्चार्ज भइसकेका छन् ।