सुनको भाउ फेरी ५०० रुपैयाँले बढ्यो
विराटनगर ११ साउन ।
निरन्तर वृद्धि भएर सुनको मुल्यले दैनिक नयाँ रेकर्ड कायम गरीरहेको छ ।
आज पनी इतिहासकै महंगो भएर फेरी अर्को रेकर्ड बनाएको छ । एकैदिन ५०० ले बढेर सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।जुन आजसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको जानकारी दिएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।