चौरमा दुबो बाक्लो भएको छ । कतै खाल्डो छ त कतै फुल जालीका घेराहरु लहराले छोपिएका छन । बरण्डाका भुइहरुमा लेउ झैं हरियो देखिन थालेको छ । सधै प्रिय लाग्ने कोलाहल र कलिला सयौं पाइलाहरुले सम्म बनाउने भुइमा घाँसै घाँस छ ।
लामो समय लकडाउनका कारण बन्द रहेको विराटनगर – ८ स्थित सुशिक्षा निकुञ्ज आधारभुत विद्यालयको दृश्य हो यो । करिब तिन महिनाको लकडाउन समाप्तिसँगै जब विद्यालयको मूल गेट खोलियो तब त्यहाँको दृश्यले कार्यरत शिक्षकहरुको मन कुँडियो ।
विद्यालयका शिक्षकहरु कक्षा कोठामा होइन विद्यालयका चौरमै भेटिन्छन । कोही माटो पुर्दै त कोही फुल रोप्दै । कोही कम्पोष्ट मलको चेम्बर बनाउँदै छन त कोही तयार गरेको माटो गमलामा राख्दै ।
“सधै करिब ५ सय विद्यार्थीका पदचापले थिचिएका चौर खाली हुँदा चरण झै देखिन थालेको रहेछ,” प्राचार्य चक्र पोखरेलले भने,“ विद्यालयको स्थिति सामान्य बनाउन र ताजगी थप्ने काम गर्दछौ ।” आजभोली विद्यालयको दैनिकी फेरिएको छ । कोरोना प्रकोप अघिसम्म १० बजे चहलपहल हुने विद्यालय आजकल सुनसान छ । प्रत्येक ४० मिनेटमा लाग्ने घण्टी अहिले स्थिर छ । तर आजकाल विद्यालय नियमित खुल्छ । सबै शिक्षकहरु १० बजे नै विद्यालय प्रवेश गर्छन । तर, विद्यालय शान्त छ । न त विद्यार्थी छन । न त विद्यालयमा रौनक नै छ ।
“विद्यार्थीहरु आउँछन, सर कहिले बाट स्कुल खुल्छ भन्छन्”, उनले भने,“निराश विद्यार्थीका घर घरमा पुगेर उत्साह भर्ने काम समेत गर्दछौ ।”
विद्यालयका शिक्षकहरु कक्षा कोठामा होइन विद्यालयका चौरमै भेटिन्छन । कोही माटो पुर्दै त कोही फुल रोप्दै । कोही कम्पोष्ट मलको चेम्बर बनाउँदै छन त कोही तयार गरेको माटो गमलामा राख्दै । “लामो समय बन्द रहेकाले कुरुप बनेको विद्यालय सिंगार्ने काम हुदैछ”, चौरको घाँस काट्दै गरेका शिक्षक शंकर बस्नेतले भने । विद्यार्थीसँगको प्रेमिल कक्षामा समय बिताउन बानी परेका बस्नेत खाली विद्यालय देख्दा खल्लो लागेको बताउँछन । “विद्यार्थीहरु आउँछन, सर कहिले बाट स्कुल खुल्छ भन्छन्”, उनले भने,“निराश विद्यार्थीका घर घरमा पुगेर उत्साह भर्ने काम समेत गर्दछौ ।”
लामो समय बन्द हुदा कुरुप बनेको विद्यालयमा सुन्दरता थप्न शिक्षकहरु व्यस्त छन । विद्याार्थीहरुका घर घरमा पुगेर पढ्ने शैलीको बारेमा जानकारी गराइरहेका छन् । सरकारले भदौबाट भर्ना लिन शुरु गर्ने जनाएसँगै विद्यालयमा चहलपहल बढेको छ ।