विराटनगर ८ साउन ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीका थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार एकजनामा संक्रमण पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएका २२ जनाको स्वाब टेष्ट गर्दा चारजनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।