विराटनगर ८ साउन ।
बुधवार एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत केही प्रहरी कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको हो होइन भन्ने पुष्टाइका लागि १२ जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको छ । थप अन्यको समेत कोरोना टेष्ट गरिने भएको छ ।
जसका कारण कार्यालयको काम अनलाइन र सञ्चार सेटबाट गरिन लागेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए । कोरोना परिक्षण प्रभावकारीरुपमा नहुदा प्रदेश १ मा संक्रमणको दर बढ्न सक्ने आशंका बिज्ञहरुले गरेका छन् । बजारमा भिडभाड बढेको छ भने सामाजिक दुरी कायम गर्ने कुराको धज्जी उडाइएको छ ।