विराटनगर ५ साउन ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट नीजि क्षेत्रलाई राहतको अनुभूति गराएको भन्दै खुसी ब्यक्त गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उद्योग व्यवसायीका समस्यालाई राष्ट्र बैंकले सम्वोधन गर्ने प्रयास गरेको भन्दै स्वागत समेत गरेका छन् ।
बर्तमान स्थितिमा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले राहतको अनुभूति गराएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बैंकले उद्योग पुनरकर्जाको सुविधा, ऋण र व्याजको किस्ता भुक्तानी अवधी थप गर्ने लगायतका व्यवस्थाबाट निजी क्षेत्र थप आशाबादी भएको छ ।
जारी बिज्ञप्ति :
क्लिक गर्नु होला ।
Joint_Press_Release_04_04_2077_PDF