विराटनगर २ साउन ।
नेपालमा कोरोना संक्रमणबाट ४० औँ व्यक्तिको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या ४० पुगेको छ ।