Birat Post मंगलबार, आषाढ ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० असार ।
सांसद केदार कार्कीले प्रदेश १ मा बनाइएका अधिकांश कानुन दराजमै थन्किएको गुनासो गरेका छन् । मंगलबारको प्रदेशसभा बैठकमा सांसद कार्कीले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरे । लोकसेवा सम्बन्धमा कानुन बनेर पदाधिकारी नियुक्त भए उनिहरू काम विहीन भएर बसेको कार्कीले बताए ।

उनले संघ भन्दा पहिले बनाइएको प्रदेश प्रहरी ऐन कार्यान्वयन हुनेमा पनि आशंका व्यक्त गरे । संघिय सरकारलाई समेत उछिनेर कानुन बनाउन प्रदेश सरकारले हतार गरिरहेको कार्कीको आरोप छ । प्रदेशका अधिकांश कानुन दराजमा थुप्रिएकाले दराजमा मात्रै सजाउनका लागि कानुन बनाउनुको अर्थ नभएको स्पष्ट पारे ।

‘संघिय सरकारलाई समेत उछिनेर कानुन बनाइएका छन् ’ उनले भने ‘त्यस्ता कानुन कसरी कार्यान्वयन होलान् ।’ प्रदेश यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६को पहिलो संसोधन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा भाग लिंदै कार्कीले प्रदेशका अधिकांश कानुन संसोधन गर्न आवश्यक देखिएको बताए ।

‘ यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा मात्रै हैन सबैजसो कानुनमा जरिवाना किटान गरिएको छ’ उनले भने‘ कतिवटा कानुन संसोधन गर्नुपर्ने हो ।’ कार्कीले प्रदेश सरकारले हचुवाका भरमा कानुन बनाएका कारण १० महिना पनि नभई संसोधन गर्नुपरेको बताए । हचुवामा काम गरेर संसदलाई खेलौना नबनाउन सरकारलाई कार्कीले आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल