Birat Post मंगलबार, आषाढ ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

रंगेली ३० असार ।
रंगेली नगरपालिकाको असार २९ गते सम्पन्न नगर परिषद् झनै विवादित बन्दै गएको छ । नगर परिषद् कार्यक्रम स्थलमै उपस्थित नभएका कार्यपालिका सदस्यको हाजिरी नगरपालिकाको माइन्युट फाइलमा भेटिएपछि नगरपालिकाको बदमासी बाहिर आएको हो ।

मेयर दिलीप बगडियाले एकलौटी ढंगले वडाको सिलिङ बजेट कटौती गरि २५ लाख कायम गरेको भन्दै कांग्रेस निकट जनप्रतिनिधिले अघिल्लो दिन पार्टीका जिल्ला नेताहरुसंग छलफल गरी कार्यक्रममा उपस्थित भई विरोध जनाउने निर्णय गरेका थिए । विरोध जनाउदै आफ्ना माग सुनुवाइ भए कार्यक्रममा बस्ने नभए परिषद् बहिष्कार गर्ने निर्णय भएको स्रोतको दाबी छ ।

कार्यपालिकाका सबै ७ जना सदस्यहरुले एकै स्वरमा विरोध गर्ने र बहिष्कार गर्ने निर्णय भएकोमा कांगे्रसका कार्यपालिका सदस्य मुन्सी टुडुले हस्ताक्षर गरेको भेटिएपछि मेयर बगडिया माथि आशंका बढेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को नगर परिषद् कार्यक्रम स्थल रंगेली नगरपालिका भवनमा गर्ने तय भएको थियो । कांग्रेसका कार्यपालिका सदस्यहरुलाई फकाउन मेयर र नेकपाका अन्य सदस्यहरु बिहानैबाट कोसिस गरिरहेका थिए । तर, आफ्ना माग सुनुवाइ भए मात्र सहभागी हुने अडानबाट कांग्रेसका सदस्य पछि नहटेपछि मेयर बगडिया तनावमा थिए ।

कांग्रेसका सदस्यहरुले मेयरको एकलौटी निर्णयको विरोध गर्ने योजना बनिरहदा कार्यपालिका सदस्य मुन्सी टुडु एकाएक बैठक स्थलबाट हराए । लामो समय बैठकबाट हराएका टुडु फेरी फर्किएर नआएको बैठकमा उपस्थित एक सदस्यले बताए । यसरी बैठकबाटै हराएका र परिषद् कार्यक्रम स्थलमा समेत उपस्थित नभएका टुडुको हस्ताक्षर माइन्युट फाइलमा देखिएपछि कांग्रेसका कार्यपालिका सदस्यहरु छक्क परेका थिए ।

मेयर बगडियाले परिषद् बहुमतले पास भएको देखाउन सबै हत्कण्डा अपनाएको कांग्रेसका जनप्रतिनिधिहरुको आरोप छ । परिषद् माइन्युटमा सहि गरेका टुडुलाई आर्थिक प्रलोभनमा पारी अपहरणको शैलीमा मेयर बगडियाले लुकाएको नाम उल्लेख नगर्ने शर्तमा एक कार्यपालिका सदस्यले बताए ।

उता पार्टीको निर्देशन विपरित परिषद्मा हस्ताक्षर गरेको भेटिएपछि नेपाली कांग्रेस रंगेली नगर समितिले मुन्सी टुडुलाई स्पष्टीकरण सोधेको छ । कांग्रेसको विधान २०१७ को संसोधन सहित २०७५ को परिषद् ९ धारा ३४१ को “क” र “ङ” बमोजिम अनुशासन उल्लंघन गरेकोमा टुडुलाई अनुशासनको कारवाही किन नगर्ने भनि ३ दिने पत्र थमाएको हो ।

हेर्नुहोस् टुडुलाई पठाएको स्पष्टीकरणको पत्र :

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल