Birat Post शनिबार, आषाढ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ असार ।
विराटनगरमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट निस्किदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रा कोरोना महामारीका कारण प्रभावित हुने भएको छ । कोरोना महामारीका कारण साउन २८ गते आयोजना हुने राधाकृष्ण रथयात्रा स्थगन गरिने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेकाले रथयात्रा स्थगित गर्नुपरेको श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । आज पत्रकार सम्मेलन गर्दै ओझाले कोरोना संक्रमणको जोखिम भएकाले सार्वजनिक रुपमा रथयात्रा नगर्ने निर्णय भएको जानकारी दिए ।

साउन १५ देखि २७ गतेको झुलन महोत्सव र २८ साउनको राधाकृष्ण रथयात्रा सार्वजनिक रुपमा गर्न नसक्ने तर कार्यसमितिले चुनेका समिति तथा पदाधिकारी र पण्डितहरुले आन्तरिक रुपमा आयोजना गर्ने उनले बताए ।

विराटनगरको यो रथयात्रामा वार्षिक रुपमा चारलाख भन्दा बढि भक्तजन सहभागि हुने गरेका थिए । वि.सं. १९८८ सालदेखि सुरु भएको खटयात्रा वि.स् २०२५ सालयता रथयात्रा गरिदै आएको छ तर कोरोना महामारीका कारण यसबर्ष रथयात्रा स्थगित हुने छ ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल