वासिङ्टन डिसी /२४ असार ,
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले सार्वजनिकरुपमै आलोचना गर्दै आएका थिए ।
ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र कोरोना भाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएका थिए । सोमबारदेखिनै लागु हुनेगरी राष्ट्रसंघका महासचिवलाई पठाएको र अलग भइसकेको अमेरिकी सिनेटका विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले ट्वीटर मार्फत् जानकारी गराएको त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् ।