विराटनगर २३ असार ।
विराटनगर महानगरपालिकामा एउटै परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ का चारजना कोरोना संक्रमित भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनीहरु असार १६ गते भारतबाट आएका हुन् ।