काठमाडौं २० असार ।
नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत आजसम्म ३४ जनाको मृत्यु भएको र ६ हजार ४ सय १५ जना डिस्चार्ज भएको जानकारी दिएको छ ।