काठमान्डौ २० असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेठो छोराको प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वतन्त्रता दिवसको कार्यक्रमका लागि ट्रम्प परिवारसँगै साउथ डकोटमा रहेकी ट्रम्प जुनियरकी प्रेमिका किम्बर्ली गुइल्फोयलमा संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
तर उनका प्रेमी, ट्रम्प जुनियरमा भने अहिले कोरोना भाइरसको संक्रमण नदेखिएको बताइएको छ । उनको प्रत्यक्ष सम्पर्क राष्ट्रपतिसँग नरहेको र उनी एअर फोर्स वानको विमानबाट यात्रा नगरेको पनि बताइएको छ । किम्बर्लीमा कुनै लक्षण देखिएको छैन । यस विषयमा आधिकारिक कुरा भने सार्वजनिक गरिएको छैन ।