Birat Post सोमबार, आषाढ १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १५ असार ।

एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले ड्याम बनाएपछि विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । निरन्तर परेको झरीको पानी निकास नहुँदा विराटनगर– १८ बुधनगर क्षेत्र डुबानमा परेको छ ।

डुबानकै कारण बुधबार सात वर्षीय बालकको ज्यान गएको थियो । वर्षाका कारण जमेको पानी जाने निकास नहुँदा बिहीबार घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको थियो ।

भारतले आईसीपी र रेलको लिक बिछ्याउँदा ठूल ठूला ड्याम बनाएको तर निकासका लागि नाला नराख्नाले यो समस्या भोग्नुपरेको विराटनगर – १८ का वडाध्यक्ष राजदेव यादवले बताएका छन् । ड्याम निर्माण गर्दा सल्लाह पनि नगरेको उनको भनाइ छ ।

डुबानका कारण खेतीयोग्य जमिन जलमग्न भएको छ । रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए । बाढीका कारण विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल लगायतका स्थान डुबानमा परेका छन् ।

सम्बन्धित

ताजा अपडेट
ट्राफिक कार्यालय मोरङले आतङ्क सिर्जना गरेको आरोप, निर्बाध आवागमनको माग राख्दै भन्सार एजेन्ट संघ
कोशीका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने
उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग हुन्छ : मुख्यमन्त्री कार्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल