Birat Post शुक्रबार, आषाढ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १२ असार ।
प्रदेश १ को प्रदेश सभा बैठकमा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार शुन्य समयमा बोल्दै सांसद प्रतापप्रकाश हाङ्माङले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । समानताको कुरा गर्ने तर, व्यवहारमा महिला र पुरुषलाई विभेद गर्ने काम भइरहेको उनको भनाई छ ।

हाङ्माङले भने ‘श्रीमान मरे भत्ता पाउने श्रीमति मरेचाहिं किन नपाउने ? ’ उनले कानुनमा समान भने पनि व्यवहारमा समानता नभएको गुनासो पनि गरे । हाङ्माङ्ले श्रीमतिको मृत्यु भएपछि गाउँघर तिर श्रीमानले काम पनि नपाउने ऋण पनि नपाउने अवस्था हुँदा धेरै एकल पुरुषको विजोग भइरहेको बताए । वैठकमा सांसद ओमप्रकाश सरावगीले प्रदेशमा विकास निर्माणमा धेरै ढिला सुस्ती भइरहेको भन्दै प्रदेश सरकारको ध्यानकर्षण गराए । धरान सडक र हुलाकी राजमार्ग निर्माणको काम धेरै ढिलाई भइरहेको सरावगीले बताए । हुलाकी राजमार्गको पुल ९ वर्षसम्म पुरा नहुँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएको सरावगीको गुनासो छ । बैठकमा भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले संसदको शुन्य समयमा उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल