असार १२ विराटनगर ।
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन परम्परा अनुसार गर्न र अवरोध नगर्न आग्रह गरेको छ । व्यक्तिको मृत्युपश्चात् धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गर्न पाउने राष्ट्रिय कानून र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनको समेत पालना गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा सुरक्षाकर्मी, स्थानीयवासीबीच बिहीबार भएको झडपप्रति केन्द्रित रहदै आयोगले यस्तो अपिल गरेको हो । स्थानीयसँग समन्वय नै नगरी सुरक्षाकर्मीहरुबाट बल प्रयोग भएका घटना बढे संगै आयोगले मुख खोलेको हो । उसले कोभिडवाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापन गर्न र स्थानीय निकायसँग समन्वय गर्न समेत आयोगले आग्रह गरेको छ ।