Birat Post सोमबार, आषाढ ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ असार ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबार प्रदेश सभाको बैठक सुरूभए लगत्तै प्रतिपक्षी सांसदहरू उठेर बैठक अवरुद्ध पारेका थिए ।

पिसीआर टेष्टमा गरिएको खर्च सार्वजनिक नगरिएको, बाहिरी जिल्लाका वासिन्दालाई काठमाण्डौं प्रवेशमा रोक लगाएको, संघिय सरकारलाई प्रदेश सरकारले आफ्ना भनाई राख्न नसकेकोे लगायतका विषय उठाउँदै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।

प्रदेशसभाको बैठक सुरू भए लगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि आफ्ना धारणा राख्न सभामुख प्रदिप कुमार भण्डारीले प्रतिपक्ष दललाई समय दिएका थिए । प्रतिपक्ष दलका तर्फबाट प्रमुख सचेतक केदार कार्कीले सदनमा माग प्रस्तुत गरेका थिए ।

काठमाण्डौं जानेहरूलाई नाकाबाटै फर्काइएको, संघिय सरकारले निरन्तर हेप्दा पनि प्रदेश सरकारले संघिय सरकार विरुद्ध आवाज उठाउन नसकेको, पीसीआर टेष्टमा गरिएको खर्च पनि प्रदेश सरकारले सार्वजनिक नगरेको कार्कीले बताए । आफुहरूले उठाएका माग बारे मुख्यमन्त्रीले सदनमा स्पष्ट नपारेसम्म सदन चल्न नदिने कार्कीले बताए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल