काठमान्डौं ४ असार ।
सूनको मूल्यमा भारी बृद्धी भएको छ । अन्तर्राष्ट्रिय बजारमा २०७६ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १२९८.४० रहेकोमा २०७७ बैशाख मसान्तमा ३१.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७०८.४ पुगेको राष्ट्र बैंकले बताएको छ ।यसैबीच २०७६ असार मसान्तको तुलनामा २०७७ बैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ९.२५ प्रतिशतले अवमूल्यन भएको छ ।