विवादित सीमा क्षेत्रका विषयमा भारत र चीनबिच भएको टकरावले दर्जनौ सैनिकहरुको ज्यान गएको छ । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक उच्च अधिकारी (कमाण्डर) सहित २० जनाको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको हो । लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भिडन्त भएको हो ।
भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो । तर चीनले भने भारतीय सेना आफ्नो क्षेत्रमा प्रवेश गरेकाले भिडन्त भएको जनाएको छ । झण्डै ४५ वर्ष पछी भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा यतिधेरै मानवीय क्षति भएका छ ।
जानकारहरुले दुइ देशको टकरावको वार्ताबाट समाधान निकालिनु पर्नेमा जोड दिएका छन् । यदि वार्ताबाट समस्या समाधान नभए ठूलो धनजनको क्षती हुने आंकलन गरिएको छ । यसको अप्रत्यक्ष असर बिश्व अर्थतन्त्रमा समेत पर्ने छ । कोरोनाका कारण उत्पन्न बिषम परिस्थितिमा युद्ध रोक्न जरुरी भएको तर्क गरिन थालेको छ ।