लक्ष्मी गौतम शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

पाँचथर /

इलाम, ताप्लेजुङ र पाँचथरका संरक्षित क्षेत्रमा रहेका १० वटा रेडपाण्डा (हाब्रे)का घाँटीमा स्याटेलाइट कलर जडान गरिएको छ । ९ महिनाको अन्तरालमा धेरै संख्याका रेडपाण्डाको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको रेडपाण्डा संरक्षण कार्यक्रमले जानकारी दिएको हो ।

संघीय सरकार मातहतको वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा रेडपाण्डा नेटवर्कले यो जन्तुबारे अनुसन्धान गर्दै आएको छ । आफ्ना साझेदार संस्था र समुदायसँगको सहकार्यमा रेडपाण्डाको जीवनशैली र जीवनचक्रका विषयमा अध्ययन गर्न स्याटेलाइट कलर जडान गरिएको हो ।

स्याटेलाइट जडान गरिएकामा इलामको सन्दकपुर क्षेत्रमा समातिएका ६ पोथी र ४ भाले रेडपाण्डा छन् । सरकारले रेडपाण्डा संरक्षणका लागि सन् २०१९ देखि २०२३ सम्म पाँच वर्षे कार्ययोजना बनाएको छ । सोही कार्यक्रमका लागि सरकारले राष्ट्रियरअन्तर्राष्ट्रिय सस्थासँगको साझेदारीमा संरक्षण र अनुसन्धानमूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।

स्थानीय स्तरमा हाब्रे र पुँडेकुँदो समेत भनिने रेडपाण्डालाई सरकारले संरक्षित जीवको सूचीमा राखेको छ । रेडपाण्डा नेटवर्कका राष्ट्रिय प्रतिनिधि आङफुरी शेर्पा कलरले हाब्रेको विचरण, तिनको इकोलोजी, आनीबानी थाहा पाउनुका साथै कार्ययोजनामा उल्लेख भएका उद्देश्य हासिल गर्न सहयोग पुग्ने बताउँछन् ।

स्याटेलाइट कलरले सर्भरमा दिने संकेतको सहायताबाट हरेक दुई घन्टामा रेडपाण्डाको गतिविधिसम्बन्धी तथ्यांक लिन सकिने वन तथा भू–संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का सुनाउँछन् ।

कलर जडान गरिएका १० वटा हाब्रेको नामसमेत स्थानीय भाषामै राखिएको छ । तिनको नाम पारु, डोल्मा, छिन्तापु, मेच्छा, भूमो, सेनेहाङ, ङिमा, बियान, निनाम्मा र प्रह्लाददेवी नाम राखिएको रेडपाण्डा नेटवर्कले जनाएको छ ।

देशका विभिन्न भागमा हाब्रेका छाला र अन्य अंग चोरी–सिकार हुने गरेको छ । २ हजार मिटरभन्दा बढी उचाइमा पाइने हाब्रेलाई राष्ट्रिय निकुञ्ज ऐन, ०२९ ले संरक्षित सूचीमा राखेको छ । रेडपाण्डालाई दुर्लभ वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले अतिसंकटापन्न वन्यजन्तुको अनुसूची १ मा राखेको छ ।

विश्व संरक्षण संघ आईयुसीएनले समेत संवेदनशील सूचीमा राखेको यो रेडपाण्डालाई ठाउँअनुसार हाब्रे, पुँडेकुँदा आदि नामले पनि चिनिन्छ । वन्यजन्तु अपराधबारे प्रहरीले अनुसन्धानका क्रममा हाब्रेको छाला वा अंग बेचबिखन हुने गरेको फेला पारेपछि मान्छेले त्यसको सिकार गर्ने गरेका छन् ।

रेडपाण्डा नेपालका ३३ जिल्लामा पाइने गरेको अध्ययनहरूले देखाएका छन् । रेडपाण्डा नेटवर्कको अध्ययनकाअनुसार नेपालसँगै म्यानमार, भारत भुटान र चीनमा रेडपाण्डा पाइन्छ । विश्वभर यसको संख्या १० हजारभन्दा कम छ । नेपालका २४ वटा उच्च पहाडी र हिमाली जिल्लामा १ हजार हाराहारी रेडपाण्डाको संख्या छ ।

सात वर्षअघि गरिएको अध्यननले पाँचथर इलाम र ताप्लेजुङका उच्च पहाडी क्षेत्र (पीआइटी करिडो) मा १ सय २५ वटा हाब्रे रहेको देखाएको थियो । पछिल्ला वर्षमा यो संख्या वृद्धि भएको रेडपाण्डा संरक्षण कार्यक्रमको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल