काठमान्डौं ३१ जेष्ठ ।
नेपालले संविधान संशोधनमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा समेटे संगै भारतले विवादित मुद्दालाई सुल्झाउने द्धिदेशीय समझदारी नेपालद्धारा उल्लंघन भएको प्रतिक्रिया दिएको छ । नेपालको नक्सा संशोधनप्रति आफ्नो असहमति व्यक्त गर्दै भारतले सीमा बिवादका विषयमा नजिकबाट नियाली रहेको बताएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको ससंदले भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं र यसले दुवै देशबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ ।’ ऐतिहासिक तथ्य र प्रमाणबिना कृतिम तरिकाले भूभागको विस्तार गरेको कुरा मान्य नहुने समेत उल्लेख गरेको छ ।