काठमान्डौ २७ जेष्ठ ।
चीनले भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्ने मिल्ने गरी हजारौं हतियारबन्द गाडी तथा हतियारसहित सैन्य मार्चपास तथा ड्रिल गरेको छ। चिनियाँ सेना भारतीय सीमा पार गरेर पांगगोङ सो र गलवान उपत्यकामा क्याम्प बनाएर बसेपछि त्यहाँ दुवैदेशबीच तनावको अवस्था छ ।
ती सैनिक र हतियारबन्द गाडीहरू हुबेई प्रान्तबाट तिब्बतको उत्तर पश्चिमको एक गोप्य स्थानमा पु¥याइएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । चीन र भारतका उच्च तहका सैन्य जनरलहरूले मोल्दोमा जारी तनाव कम गर्ने विषयमा वार्ता भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।
यस्तै भारतीय संचारमाध्यमहरूले भने चिनियाँ सेना भारतको १ देखि ३ किलोमिटर सीमाक्षेत्रभित्र प्रवेश गरेको दावी गर्दै आएको छ । हाल दुबै देश तनाव कम गर्ने प्रयासमा छन् भने बार्ताका लागी अधिकतम तयारी भइरहेको छ । भारत र चीनका परराष्ट्रका अधिकारीहरूबिच शुक्रबार भिडिओ कन्फ्रेन्स समेत भएको छ ।