Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २७ जेष्ठ ।
काठमाडौं । काठमान्डौंका व्यवसायीले लकडाउन तोड्दै पसल ,व्यवसाय खोलेका छन् । व्यवसायीको यस कदमलाई लिएर प्रहरीले व्यापारीहरुमाथी बल प्रयोग गरी नियन्त्रणमा लिएको छ ।बालुवाटार नजिकै रहेको खुर्सानीटार क्षेत्रका व्यापारीले सबै किसिमका पसल सुचारुका साथै व्यापार व्यवसाय सञ्चालन गरेपछि प्रहरीले बन्द गर्न आग्रह गरेको थियो । नाराजुलुस र विरोध हुन थालेपछि पानीको फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले ‘संक्रामक रोग नियन्त्रण ऐन २०२०’ का प्रावधान उल्लंघन गरेका कारण सामान्य बल प्रयोग गरी केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताए ।
केही दिनयता लामो समयसम्म लकडाउन कायम भएकाले दैनिक जीवनयापन गर्न नै कठिन भएको भन्दै व्यापारीहरुले स्वस्फुर्त रुपमा पसलहरु खोल्न थालेका छन् ।

यसअघि मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको थियो ।
स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
काँग्रेस कोशी प्रदेशद्वारा सूचना , सञ्चार तथा प्रचार प्रसार विभागलाई पूर्णता,को-को भए मनोनयन ?
ग्रामथान उपनिर्वाचनमा केन्द्रीय नेताहरुको भिडभाड, सवै दल आक्रामक प्रचार-प्रसारमा
रवि लामिछानेलाई आज काठमाडौं हुँदै कास्की नै लगेर बयानका लागि चितवन लगिने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल