Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २७ जेष्ठ ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कोरोना महामारीको यो समयमा स्वास्थ्य सहयोगको नाममा नेपालमा चिनियाँ सेना झार्ने तयारी भइरहेको बताएका छन्।

नेपाल प्रेस युनियनले आयोजना गरेको एक डिजीटल संवाद कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधीले कोरोना महामारीका कारण संक्रमितहरुको संख्या बढ्दै जाँदा उपचारका नाममा सरकारले चिनियाँ सेना झार्ने तयारी गरेको बताएका हुन्।

विभिन्न स्रोतहरुबाट प्राप्त जानकारी उदृत गर्दै निधीले स्वास्थ्य सहयोगीका नाममा आउने २ हजार जनाको चिनियाँ टोलीमा ५ सय जना स्वास्थ्यकर्मी भएपनि बाँकी १५ सय चिनियाँ जनमुक्ती सेनाको टोली आउन थालेको बताए।

कोरोना महामारी बढ्दै जाँदा सरकार देशभित्रै पनि सेना परिचालन गर्ने र छिमेकी देश चीनबाट पनि सेना प्रवेश गराउने काममा लागेकोमा उनले आपत्ती जनाए।

चिनियाँ टोली नेपाल ल्याउने बारेमा नेकपा नेतृत्वको सरकार र चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबीच छलफल भएर अन्तिम चरणमा पुगेको उनले बताए।

कोरोनाको यो महामारी कालमा सेना परिचालन गरेर सरकार लोकतान्त्रिक अधिकारहरु कुण्ठित गर्नेतर्फ अग्रसर भइरहेको पनि उनले बताए। सरकार सेना परिचालन गरि अधिनायकवादी लाद्न उद्यत भइरहेकोमा उनको बिरोध थियो।

सेनाको प्रयोग पार्टीका विरोधी र फरक राजनीतिक दलका आवाजहरुलाई दवाउने गरि हुने खतरा पनि निधीले औंल्याए। उनले भने, “यो लोकतन्त्रको लागि सबैभन्दा खतरा हो।”

सरकार एक पछि अर्को असफलताले घेरिएको जनाउँदै निधीले वर्तमान केपी ओली नेतृत्वको सरकारले शासन सत्ता चलाउने नैतिक अधिकार गुमाएको बताए ।

सीमा विवादका सन्दर्भमा समेत धारणा राख्दै निधीले नयाँ नक्साको राजनीति गरेर जनताको आँखामा छारो हाल्ने काम नगर्न सचेत गराए। उनले नक्सा जारी गरेसँगै अतिक्रमित भूमीको स्वामित्व लिने वातावरण बनाउन सरकारलाई आह्वान गरे।

निधीले लालपूर्जा आफूसँग भोगचलन अर्कैले गर्ने जस्तै नक्सा हामीसँग हुने भोगचलन चाहि गर्न नपाउने हो भने नक्सा बनाउनुको अर्थ नहुने बताए।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल