काठमाडौ २७ जेष्ठ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल रुप लिदै गएको टिप्पणी गरेका छन् ।
पाँचवटा पीसीआर मेसिन र २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउने सरकार भ्रष्टाचारमा लिप्त भएर लागेको आरोप लगाए ।थापाले कोरोना रोकथामका लागि बनाइएका क्वारेन्टाइन सेन्टरहरु मान्छे मार्ने क्याम्पको रुपमा विकसित भइरहेको भन्दै यसलाई तत्काल सुधार गर्न आग्रह गरे ।