आज मंगलवार । आज मंगल चौथी समेत परेको छ । यो व्रत लिदा मनोकामन पुरा हुने बिश्वास छ । हिन्दु संस्कार मान्ने मानिसहरुले आज श्रीगणेशको पुजाँ अर्चना गर्दछन् । मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन् । भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ । आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ । यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिन बाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ ।
भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पुर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ ।
श्रीगणेशको मंगल उच्चारण :
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्धिताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते ।
वक्रतुंड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।