Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २७ जेष्ठ ।
पूर्व युवराज्ञी हिमानी शाह छोरीहरु संग नाँच्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । हिमानीलाई कान्छि छोरी कृतिकाको टिकटक अकाउन्टमा दुई भिडियोमा देखिएको छ । जेठी छोरी पूर्णिकाको एकाउन्टमा ‘गुरासको फेद मुनी’ मा अभिनय गर्दै देखिएको छ । यस्तै ‘जसो गर जे भन जता सुकै लैजाउ मलाई’ र अंग्रेजी एक गीतमा अभिनय गर्दै गरेको देखिएको छ । भिडियोमा आएका धेरै कमेन्टहरुमा पूर्व युवरागि हिमानीको प्रशंसा गरिएको छ ।

छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी हिमानी शाह लकडाउनका कारण अहिले उतै अड्किएकी छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक धेरैले प्रयोग गर्न थालेका छन् । लकडाउनको समयमा पुराना हस्ती कलाकारहरु पनि टिकटकमा देखिएका छन्। वरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, गौरी मल्ल लगायत धेरैलाई टिकटकमा अभिनय गर्दै गरेको देख्न पाइन्छ ।

शाह परिवार मनोरन्जनात्मक विषयलाई लिएर सामाजिक सन्जालमा आउनेक्रम कमै थियो । पछिल्लो केही समय अगाडी पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार सहित “रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो” राष्ट्रिय भावको गीतमा नाचे संगै नेपालमा चर्चाको विषय बनेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल