विराटनगर २६ जेष्ठ ।
सोमबार थप ९ जनामा कोरोना सक्रमण पुष्टि भएसँगै मोरङमा संक्रमितको संख्या २८ पुगेको छ । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई ,दुईजना र धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २८ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा अहिले सम्म भारतवाट आएका र क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण भेटिएको छ ।