Birat Post आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ जेष्ठ ।
कोरोना भाइरस संक्रमण रोक्ने खालका १० वटा सम्भावित खोपहरु मानवीय परीक्षणको तहमा पुगेका छन् । यो वर्षको अन्त्य वा आउँदो वर्षका सुरुमा खोप तयार हुने अपेक्षा बैज्ञानिकहरुले गरेका छन् । विश्वका विभिन्न देश तथा संस्थाहरुले खोप बनाउन प्रयास गरिरहेका छन् ।
यही विषयलाई लिएर विश्व बहस शुरु भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विकास नीति सम्बन्धी समितिले महामारी पूर्णरुपमा नियन्त्रणमा आउनका लागि विश्वका सबै देशले खोपको विकास, उत्पादन तथा वितरणमा सहकार्य गरी काम गर्नुपर्ने उल्लेख गरेको छ ।

यस्तै द न्यू स्कूलमा अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक तथा संयुक्त राष्ट्रसंघीय विकास नीति सम्बन्धी समितिकी सदस्य साकिको फुकुदा–पाराले कोरोना भाइरसको महामारी अन्त्यका लागि खोप मात्रै बनेर नहुने बताएकी हुन् । वैज्ञानिकहरु अति तीव्र गतिमा खोप बनाउने प्रयास गरिरहेका छन्, जुन अति राम्रो हो । तर खोप बने पनि महामारी नियन्त्रणमा आउँदैन । महामारी अन्त्य हुनका लागि खोपमा सबैको पहुँच सहज रुपमा हुनु पर्छ । यसका लागि सवैको प्रयास आबश्यक भएको बताएकी छन् ।

यस्तै खोप बनाउने अभियानमै पनि बौद्धिक सम्पत्तीको सुरक्षा हुने गरी सबै मिलेर काम गर्नु पर्ने र खोपको पर्याप्त डोज विकासका लागि आर्थिक सहयोग जुटाउनु पर्ने उनले बताएकी छन् । यस्तै विभिन्न देशहरुमा कोरोना भाइरस संक्रमण रोक्ने खालका खोपहरु बनिरहेका छन् । नेपालमै पनि कोरोना भाइरसको दवाइ बनेको दावी गरिएको छ । यस विषयमा स्वास्थ्य संगठनले समेत चासो लिएको छ । विश्वव्यापी बहस संगै बैज्ञानिक र यसको अनुसन्धानमा जुटेकाहरु दिनरात नभनी रिसर्चमा जुटिरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल