कौशल निरौला बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ जेष्ठ ।
प्र्रदेश १ का होटल व्यवसायीहरुले आफ्नो होटलमा क्वारेन्टाइन बनाउन दिने बताएका छन् । कोभिड १९ को नियन्त्रणका लागि आवश्यक परे प्रदेश १ मा रहेका थ्रीस्टार तथा पर्यटकिय होटलहरुमा क्वारेन्टाइन बनाउन दिने बताएका हुन् । विराटपोष्ट डट.कम संग कुरा गर्दै होटल ब्यवसायी महासंघ प्रदेशका कार्यबाहक अध्यक्ष भविस श्रेष्ठले सवै ठूला होटलहरुमा क्वारेन्टाइन बनाउन व्यवसायीहरु राजी भएको बताए । प्रदेश १ मा रहेका ५ सय वटा होटलमा क्वारेन्टाइन राख्न सकिने श्रेष्ठले बताए ।

विराटनगरका केही ठूला होटलहरुमा शुल्क सहितको सेवा लिएर केही मानिसहरु बसिरहेको बताए । दिनको १७ सय देखी ३ हजार सम्म लिएर उत्कृष्ठ सेवा होटलले प्रदान गरिरहेको श्रेष्ठले जानकारी दिए । विराटनगरमा मात्रै ८० भन्दा बढी होटलहरुमा क्वारेन्टाइन सहितको सेवा दिन व्यवसायी तयार रहेको बताए ।

सेवा लिन चाहने नागरिकले होटलको सेवा लिन सक्नेछन् । भारतवाट आएका केही नागरिकहरु पनि होटलको क्वारेन्टाइनमा बसिरहेको बताउदै श्रेष्ठले सुरक्षित रुपमा सेवा प्रदान गर्ने कुरामा होटल व्यवसायी तयार भइसकेको बताए । सरकारको मापदण्डमा रही होटल व्यवसायीले काम गर्न खोजिरहेको र यसमा सहयोग गर्न सम्बन्धित निकाय संग आग्रह गरे ।

स्थानीय पालिका संगको समन्वयमा होटलहरुले सेवा प्रदान गर्ने र त्यसको निगरानी गर्ने काम गर्न पनि सकिने श्रेष्ठको भनाइ छ । सरकार र स्थानीय तह तयार भए होटल सुरक्षा कार्यक्रम ल्याउने श्रेष्ठले बताए । होटलमा काम गर्नेहरुलाई सुरक्षित रहेर खाना तयार गर्ने र तालिम दिने विषयमा थप छलफल र गृहकार्य भइरहेको छ । यसखाले समस्या पछि सम्म पर्ने भन्दै दिर्घकालिन सोचमा होटल व्यवसायी अगाडी बढिरहेको श्रेष्ठले बताए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल