विराटनगर १९ जेष्ठ ।
लामो समयको लकडाउन सगै बन्द रहेका विराटनगरका पत्रिकाहरुले प्रकाशन शुरु गरेका छन् । विराटनगरको न्यू
सृष्टि दैनिकले प्रकाशन शुरु भएको जनाएको छ । सोमवार ,बुधवार र शुक्रवार निस्कने गरी पत्रिका प्रकाशनको काम शुरु गरेको प्रधान सम्पादक शंकर खरेलले जानकारी दिए ।
यस्तै विराटनगरको उद्घोष दैनिकले प्रकाशन शुरु गरेको छ । आइतवार मंगलवार बिहिवार र शुक्रवार गरी हप्तामा चारदिन पत्रिका प्रकाशन गरिन लागेको पत्रिकाका सम्पादक बन्धु पोखरेलले जानकारी दिए । पालो सिस्टममा पत्रिका प्रकाशन गर्ने सहमति अनुरुप प्रकाशनको काम थालिएको पोखरेलको भनाइ छ ।
यस्तै हाम्रोमत दैनिकले प्रकाशनको तयारी गरिरहेको पत्रिकाका प्रधान सम्पादक बिबेक गौतमले जानकारी दिए । लकडाउनको अवस्था र पाठकको प्रतिक्रियालाई हेरेर पत्रिका प्रकाशनको काम शुरुगर्ने गौतमले बताए ।
विराटनगरबाट ४ वटा पत्रिका न्यू सृष्टि ,उद्घोष ,हाम्रोमत र दर्शन दैनिक प्रकाशन हुदै आएका छन् । साप्ताहिक र मासिक पत्रिकाहरु बन्द अबस्थामै रहेका छन् । लकडाउनको समयमा विराटनगरबाट प्रकाशन ,प्रशारणमा आएका दर्जन बढी अनलाइन पत्रिकाहरुले आमजनमानसमा सूचना प्रबाहको भूमिका निर्वाह गरेका छन् ।