विराटनगर १८ जेष्ठ ।
विराटनगरमा थप एकजनामा काेराेना संक्रमण भएको पाईएकाे छ । विराटनगरको कोशी अस्पतालको ल्यावमा गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमित भएको पत्ता लागेको हाे । संक्रमित ब्यक्ति विराटनगर वडा नम्बर १२ कि महिला हुन् । यस कुरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत पुष्टि गरिसकेकाे छ। यस संगै विराटनगरमा संक्रमितको संख्या ३ पुगेको छ ।