विराटनगर १४ जेष्ठ
विराटनगर महानगरका विभिन्न क्षेत्रका ब्यक्तिहरुमा गरिएको कोरोना भाइरसको पीसीआर परिक्षण नेगेटिभ आएको छ । कार्यालयका कर्मचारी ,प्रहरी तथा भारतवाट आएका ३७ जनाको पीसीआर परिक्षण नेगेटिभ आएको विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
आइतवार गरिएको पीसीआर परिक्षणको रिपोर्ट आज आएको हो । पीसीआर रिपोर्टका लागि धेरै समय कुर्नु परेका कारण आशंका लागेका व्याक्तिहरुको मात्रै परिक्षण भइरहेको कार्कीले बताए । यस भन्दा अगाडी महानगरको सरसफाइमा कार्यरत कर्मचारी र भारतवाट आएका ३३ जनाको पीसीआर परिक्षण गरिएको थियो । उनिहरु सवैको रिपोर्ट नेगेटिभ आाएको छ । हाल सम्म विराटनगरमा २ जनामा मात्रै कोरोना संक्रमण भेटिएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।