विराटनगर १४ जेष्ठ ।
भारतीय ह्याकरले नेपाली सेनाको वेवसाइटमा क्षती गर्न खोजेका छन् । यस विषयलाई लिएर भारतीय ह्याकरहरुले नेपाली सेनाको वेवसाइड ह्याक गरेको दावी गरिरहेको कुरा टुइटरमा अपलोड गरेका छन् । उनिको दावी छ ,नेपाली सेनाका सवै गोप्य सुचनाहरु आफुसंग रहेको र नेपाली ह्याकरहरुले भारतमा साइबर आक्रमण गरे सवै गोप्य दस्तावेजहरु सार्वजनिक गर्ने धम्कि दिएका छन् ।
पछिल्लो समय नेपाल ,भारत सीमा बिवादको विषय साइवर आक्रमणमा र सौदावाजीमा गएर ठोकिएको छ । भूमी अतिक्रमणका विषयमा उठेको सवाललाई लिएर भारतीय ह्याकरहरुले नेपालका विभिन्न वेवसाइट ह्याक गर्ने अभियानमै लागेको देखिन्छ । यस विषयमा साइवर हेरिरहेको प्रहरी र सरकारी संयन्त्रले आधिकारिक कुरा बाहिर ल्याउन सकिरहेको देखिदैन ।
भारतीय ह्याकरहरुको गरिरहेको व्यवहारवाट आक्रोशित बनेका नेपाली ह्याकरहरु पनि आक्रमणमा उत्रेका छन् । जसका कारण दुवै देशका वेवसाइडमा समस्या हुन थालेको छ । यो दुवैदेशका लागि राम्रो कुरा नभएको साइवर बिज्ञ रामदेव कामती बताउछन् । यस भन्दा अगाडी भारतीय ह्याकरले नागरिक उड्यान प्राधिकरणको वेवसाइटमा समेत क्षती गर्न खोजेका थिए । वेवसाइडमा भारतको झण्डा राखेका थिए । नेपाल राष्ट्रिय पुस्तकालय र विभिन्न स्कुलहरुको वेवसाइड ह्याक गरेका छन् । यसमा विराटनगरका विभिन्न स्कुलहरु समेत परेका थिए ।