विराटनगर १२ जेष्ठ ।
सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पढेर मान्यजनवाट आशिर्वाद लिएर इद उल–फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ । आशिर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
लकडाउनका कारण यस वर्षको इद उल फित्र मुस्लिम समुदायले घरमै बसेर नमाज पाठ गरी मनाउदै छन् । खुशीपूर्वक दान गर्ने र दुःखी ,गरिबहरुलाई खानेकुरा बाँडिने भएकाले यो पर्वलाई इद उल–फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल–फित्र मनाउने प्रचलन छ ।
यस पटक चन्द्रमा नदेखिएका कारण एकदिन अघिपछी भएको मुस्लिम अगुवा मुसरफ खानले जानकारी दिए । विराटनगर र सुनसरी लगायत देशभरका मुस्लिम समुदाय लकडाउनका कारण घरघरमा बसेर पर्व मनाउदै छन् । खानले भने सम्भवव नभए यसपटक सामाजिक सन्जाल मार्फतनै आशिर्वाद लिने सल्लाह भएको छ ।