Birat Post शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ९ जेठ /
प्रदेश १ को क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठक सम्पन्न भएको छ । बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्विकृत गर्दै प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गर्ने निर्णय समेत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रवार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरे ,आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो ,आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्की ,विराटनगर महानगरका मेयर भीम पराजुली ,प्रदेशका विभिन्न सुरक्षा निकायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भारतबाट स्वदेश फर्कने नेपालीनागरिकहरु र प्रदेशभित्र कोभिड—१९ संक्रमितपहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । स्विकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गिकरण समेत गरेको छ । उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमावर्गिकरण गरिएको छ । उच्चजोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामाकुल जनसंख्याको ०.५ प्रतिशतनागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हालप्रदेश १ मा चार हजार एक सय बढीको पीसीआर परीक्षण भइसकेको छ ।

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागिअहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ । यसकालागि कोशि कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चलविश्वविद्यालयगोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप८ सय ५० बेड थपिने भएको छ ।  यसैबीचप्रदेश मा भारतबाट स्वदेश फर्कने नेपालीनागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्तकार्ययोजना समेत स्विकृत गरिएको छ । स्विकृत कार्ययोजनाअनुसार ईलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ ।

होल्डिङ्ग एरियामा१५ हजार बेड संख्याबन्ने भएको छ । ईलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेडतयार हुनथालेका छन् । विभिन्न जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् । प्रदेशको राजधानि ,कोरोना उपचार स्थल रहेको महानगर समेतको जिम्मेबारी बहन गर्दै विराटनगर महानगरले सीमा क्षेत्रवाट आउने नागरिकका लागि होल्डिङ् स्थल र क्वारेन्टाइनको व्यवस्थापन लगायत आन्तरिक कार्यव्यवस्थापनमा सहयोग गरिरहेको मेयर पराजुलीले बैठकमा जानकारी गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल