Birat Post बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,७ जेष्ठ ।
कोरोना भाइरस सक्रमणको दर बढे संगै विराटनगर महानगरले वडा-वडामा क्वारेन्टाइन निर्माणको अवधारणा अगाडी ल्याएको छ । बुधवार महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले वडा-वडामा क्वारेन्टाइन निर्माण गर्ने विषयलाई प्रमुखताका साथ अगाडी सारेको छ । यसका लागि महानगरका वडा नं.३ र ११ तयार भएका छन् । अन्य वडाका वडाध्यक्षहरु समेत सकारात्मक रहेको महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । सीमा क्षेत्रवाट आउनेहरुको संख्या दिनहौ बढिरहदा होल्डिङ् गर्ने स्थान र क्वारेन्टाइन निर्माण गर्न समेत आबश्यक भइसकेकोले यसका लागि थप गृहकार्य भइरहेको बताए । यस्तै महानगर भित्रका वित्तिय क्षेत्र तथा पसल ,व्यवसाय नियमन सहित सन्चालन गर्ने विषयलाई समेत थप तयारी भइरहेको मेयर पराजुलीले जानकारी दिए ।

बैठकमा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कोरोना सक्रमण नियन्त्रणमा तीन वटा कठिनाई रहेको बताए । भन्सार बाट प्रबेश गर्ने मालवाहक गाडीका मजदुर,विरामीको उपचार पछी फकिएका व्यक्ति र लुकिछिपी आउने ब्याक्तिहरुनै मूख्य समस्या भएको बताए । नियन्त्रणमा जतिसुकै सावधानी अपनाएपनि कुनै न कुनै किसिमको समस्या आइ रहेको उनले बताए । महानगरले गरेका निर्णय कार्यान्वयनमा प्रशासन प्रतिबद्ध रहेको बताए ।

यसै गरी विराटनगर महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पीसीआर टेष्टका लागि प्रयाप्त सहयोग प्रदेश सरकारले नगरेको आरोप लगाए । महानगरले आफै सहयोगी भुमिका खेल्दा हौसला प्रदान गर्नुपर्नेमा त्यसखाले सहयोग प्राप्त नभएको बताए । महानगरले पीसीआर टेष्टका लागि दैनिक १ सय जनाको स्वाव लिन सक्ने तर त्यसको रिपोर्ट समयमै नआउदा काम गर्न कठिनाइ भइरहेको बताए । कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल, नेपाल रेडक्रसका कुमारप्रसाद निरौला लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल