विराटनगर ५ जेष्ठ ।
विराटनगर महानगरपालिकाले सरसफाइमा कार्यरत कर्मचारीहरुको पीसीआर टेस्ट गर्न स्वाब संकलन गरेको छ । महानगरपालिकाले सोमवार सरसफाइमा कार्यरत कर्मचारी तथा हालै भारतवाट नेपाल आएका गरी ३३ जनाको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ । पछिल्लो समय विराटनगरमा दुईजनामा कोरोना सक्रमण भेटिए संगै महानगरले यो अभियान थालेको हो ।
महानगरको योजना अनुसार नै सबै सरसफाइका कर्मचारीको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको विराटनगर महानगरका जनस्वास्थ्य निरिक्षक हैदर अलीले जानकारी दिए । महानगरले केही हप्ता अगाडी देखी विराटनगर स्थित जैन भवनमा हेल्थ डेक्स नै राखेर आरडीटी परिक्षणलाई तिव्रता दिएको थियो । आरडीटी परिक्षणमा आशंका लागेकाहरुको पीसीआर परिक्षण गर्दा २ जनामा पोजेटिभ रिपोर्ट आए संगै महानगर थप परिक्षणमा जुटेको छ ।