विराटनगर, ५ जेठ ।
मोरङमा कोरोना सक्रमितको संख्या तीन पुगेको छ । रतुवामाई नगरपालिकाका एक युवकमा कोरोना संक्रमण पुष्टि भए संगै मोरङमा कोरोना सक्रमितको संख्या तीन पुगेको हो । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो ।
यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फर्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।