काठमान्डौ ४ जेष्ठ ।
सरकार लकडाउनको समयावधि लम्ब्याउने तयारीमा पुगेको छ । वैशाख २५ गते थप गरिएको लकडाउन भोली ५ गते सकिदै छ । सरकारी स्रोतका अनुसार कम्तीमा दुई हप्ता लकडाउन लम्ब्याउने तयारी भइरहेको छ ।
कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको शनिवार मृत्यु भएपछि सरकार लकडाउन लम्ब्याउने तयारीमा पुगेको बताइएको छ ।
यसको आधिकारिक जानकारी कोरोना रोकथाम तथा उपचारका लागि बनाइएको उच्च स्तरीय समन्वय समितिको आजको बैठकले सिफारिस गरिए बमोजिम हुने बताइएको छ ।