काठमान्डौ १ जेष्ठ ।
नेपालमा कोरोना सक्रमितको संख्या २ सय ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा नवलपरासी देवचुली १२ निवासी ४९ बर्षिय पुरुषलाई कोरोना पुष्टि भएको हो ।
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९८ जना पुरुष र ४८ जना महिला रहेका छन् ।