लोकेश पोख्रेल ,
विराटनगर ३० बैशाख /
बन्दाबन्दीका बीच विराटनगर महानगरले बिकास निर्माणका कामलाई तिब्रता दिएको छ । बन्दाबन्दीका कारण केहि दिन बन्द रहेको बिकास निर्माणका काम सुचारु भएको हो । नगरका केही स्थानमा बाकी रहेका सडक विस्तार र ढल निर्माणका काम सुचारु गरिएको छ ।
एडीवीको सहयोगमा विराटनगरमा सडक र ढल निर्माणको काम भइरहेको छ । अधिकांश सडक ,ढल र नालाहरु बनिसकेका छन् भने केही बन्ने चरणमा रहेका छन् । विकास निर्माण संगै विराटनरको मुहारमा परिवर्तन आएको छ ।
बन्दाबन्दीका कारण केहिदिन काममा अबरोध भए पनि सामाजिक दुरी कायम राख्दै बिकास निर्माणका कामहरु अगाडि बढाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरका विभिन्न स्थानमा काम भइरहेको छ । कोशी अस्पताल छेउ,देवकोटा चोक ,शनिमन्दिरको बाटो लगायतका स्थानमा निर्माणका काम भइरहेको क्षेत्रीय विकास परियोजनाका प्रमुख भरत न्यौपानेले जानकारी दिए ।
बन्दाबन्दी (लकडाउन) का कारण विकास निर्माणका काममा अवरोध भएको न्यौपानेले बताए । सुरक्षा प्रबन्ध सहित केहि स्थानमा काम भइरहेको र अनुकुल समय बन्दै गए थप विकास निर्माणका कामले निरन्तरता पाउने बताए ।
नगरका विभिन्न स्थानमा भएका विकास निर्माणका कामहरु :
फोटो / लोकेश पोख्रेल